काठमाडौं । साउदी अरबका पत्रकार जमाल खसोग्गीको हत्या प्रकरणका विषयमा अमेरिकी गुप्तचर एजेन्सी सीआईएले संसदलाई ब्रिफिङ गर्दैछ । अध्यक्ष जिना ग्यास्पेलले अमेरिकी कंग्रेसको प्रश्नको जवाफ दिने बीबीसीले उल्लेख गरेको छ ।
गत साता विदेश तथा रक्षा मन्त्रलायले गरेको व्रिफिङका क्रममा अनुपस्थित भएकी सिआईए अध्यक्ष ग्यास्पेलको सांसदले कडा आलोचना गरेका थिए । साउदी युवराज मोहम्मद विन सलमानको निर्देशनमा पत्रकार खसोग्गीको हत्या भएको निष्कर्ष अमेरिकी सञ्चारमाध्यमले खुलासा गरेपछि सीआईएमाथि दबाब बढेको थियो ।
प्रतिक्रिया