काठमाडौं । क्रिस्पी, क्रन्ची चिकेन पाइने रेष्टुरेन्ट केकेएफसी स्थापनाको दोस्रो वर्षमा प्रवेश गरेको छ । पहिलो वार्षिकउत्सव पारेर केकेएफसीले शनिबार ग्राहकहरुलाई हरेक बिलमा ५० प्रतिशत क्यासब्याकको अफर घोषणा गरेको छ ।
स्थापनाको पहिलो वर्षमै काठमाडौं उपत्यकामा फरक फरक स्थानामा तीन वटा आउटलेट संचालन गरेको केकेएफसी रोबोटबाट ग्राहकलाई सेवा दिने नेपालकै पहिलो रेष्टुरेन्ट हो ।
२०७४ मंसिर ८ गते न्युरोडको पिपुल्स प्लाजाबाट रेष्टुरेन्ट संचालन गरेको केकेएफसीले एक महिना अघि मात्रै सिफिल मल र मैतिदेवीमा गरी दुईवटा थप आउटलेट संचालनमा ल्याएको थियो । शनिबार वार्षिकउत्सव मनाउँदै गरेको केकेएफसीले आफ्ना तीनवटै आउटलेटमा ग्राहकहरुलाई ५० प्रतिशत क्यास ब्याक दिने घोषणा गरेको हो ।
केकेएफसी यस्तो रेष्टुरेन्ट हो जहाँ रोबोटले खानाको अर्डर लिने र रोबोटले नै टेबुलमा खाना ल्याएर दिने व्यवस्था गरिएको छ । यस किसिमको रेष्टुरेन्ट नेपालकै पहिलो हो ।
विगत एक दशक देखि रेष्टुरेन्ट व्यवसायमा संलग्न रन्जित साहले संचालक गरेको केकेएफसी रेष्टुरेन्टले फास्ट फुड कुजिन अन्तर्गत क्रिस्पी फ्राईड चिकेन, ग्रिल्ड चिकेन, बर्गर र हटडक लगायतका परिकारहरु पस्किदै आएको छ ।
अन्य मुलुकहरुमा रोबोट प्रविधि जडित रेष्टुरेन्ट सञ्चालनमा आइसकेपनि नेपालको लागि भने यो पहिलो र नौलो हो ।
ग्राहकहरुलाई छिटो र छरितो सर्भिस दिन सकियोस र नयाँ अनुभव पनि हासिल होस भन्ने उद्देश्यले रोबोट जडित रेष्टुरेन्ट संचालनमा ल्याएको साहले बताए ।
प्रतिक्रिया