देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा लगानी बढाउन उपाध्यक्ष ढकालको आग्रह

देशान्तर

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले नेपालमा भर्खरै जारी भएको श्रमसम्बन्धी दुई छुट्टाछुट्टै कानुनका कारण देशमा लगानीको वातावरण बनेको बताएका छन ।

आइएमई गु्रपका अध्यक्ष तथा रोजगारदाता परिषद्का सभापतिसमेत रहेका ढकालले जापानको टोकियोमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै कानुनमा भएको नयाँ व्यवस्थाले नेपालमा लगानीको वातावरण बनेको बताए ।

‘श्रमिकहरूको वर्तमान आर्थिक अवस्था’ विषयमा एओटिएसद्वारा आयोजित सम्मेलनमा उनले भने, ‘नयाँ कानुनी व्यवस्थाले श्रमिकसँग जोडिएका विभिन्नखाले समस्या सम्बोधनका लागि समन्वय गर्न महासंघलाई पनि सहयोग पुगेको छ ।’

नेपाल सरकार, रोजगारदाता, श्रमिकहरू आबद्ध ट्रेड युनियनका प्रतिनिधि तथा नेपाल उद्योग वाणिज्य महासंघबीच भएको छलफलपछि आएको कानुनले नेपालको श्रम क्षेत्रका साथै सिंगो अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने ढकालले बताए । सम्मेलनमा विश्वका १४ देशका रोजगारदाता कम्पनी तथा प्रतिष्ठानका प्रतिनिधिको सहभागिता रहेको ढकालले जानकारी दिए ।