देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दक्षिण सागरमा चीनले अर्को सैन्य क्षेत्र बनाइरहेको अमेरिकी दाबी

देशान्तर

एजेन्सी । चीनले विवादित दक्षिण सागरतर्फको टापुमा सैन्य गतिविधिका निम्ति अर्को नयाँ क्षेत्र निर्माण गरिरहेको अमेरिकी अनुसन्धानकर्ताले दाबी गरेका हुन् । स्याटलाइटबाट लिइएको तस्बिरको अध्ययनपछि यस्तो पत्ता लगाइएको संचार एजेन्सी रोयटर्सले जनाएको छ ।

चीनले दाबी गर्ने गरेको सो क्षेत्रमा चिनियाँ सरकारले थुप्रै क्रित्रिम टापुहरु निर्माण गरि सैन्य कार्यक्रम जारी राख्ने गरेको छ । अमेरिका र बेलायतले बारम्बार विरोध जनाएपनि चीनले भने सो क्षेत्रमा एक्लो कब्जा जारी राख्दै आएको छ । वासिङटनस्थित ‘एसिया म्यारीटाइम ट्रान्सपेरेन्सी इनिसिएटीभ’ ले जनाए अनुसार सो तस्बिरहरुमा नयाँ संरचना देखा परेको हो ।

चिनियाँ रक्षा मन्त्रालयले अहिले यसबारे कुनै प्रतिक्रिया नदिने जनाएको छ । यता विदेश मन्त्रालयका प्रवक्ता गेङ स्वाङले भने ती टापुहरुमा चीनकै हकअधिकार भएकाले सो क्षेत्रमा कुनैपनि किसिमका निर्माण कार्य अघि बढाउनु गलत नहुने बताएका हुन् ।

भेइतनामले पनि सो टापुलाई आफ्नो भूभाग दाबीगर्ने गरेको छ तर यसबारे तत्कालै प्रतिक्रिया दिन अस्वीकार गरेको हो । बुधबार मात्र एक चिनियाँ दैनिकले दक्षिण सागरतर्फ लडाईँको खतरा बढी रहेको जनाएको थियो । वास्तवमा चीनले दक्षिण सागरको मुद्दालाई धेरै संवेदनशील मान्ने गरेको छ र यसबारे कुनैपनि अनुसन्धान वा हस्तक्षेपलाई अस्वीकार्य हुने चेतावनी दिँदै आएको छ ।