काठमाडौं । अफ्रिकी मुलुक हैटीमा गएको शक्तिशाली भूकम्पमा परेर १० जनाको मृत्यु भएको छ । हैटीको उत्तरी क्षेत्र पोर्ट डपाइक्सलाई केन्द्रविन्दू बनाएर गएको ५ दशमलव ९ म्याग्नेच्युडको भूकम्पमा परेर थु्रपै्र घाइते भएका छन् ।
भूकम्पका कारण सयौं संरचनामा क्षति पुगेको छ । भूकम्पले विभिन्न ठाउँमा रुख र बिजुलीको पोल ढलेकाले सवारी आवागमन प्रभावित बनेको छ । भूकम्पले र्पुयाएको क्षतिको सम्पूर्ण विवरण भने प्राप्त भएको छैन । हैटीमा सन् २०१० मा गएको ७ दशमलव १ म्याग्नेच्युडको भूकम्प जाँदा ३ लाख मानिसको मृत्यु भएको थियो ।
प्रतिक्रिया