देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एफबिआईले सिनेटमा काभानोग सम्बन्धी प्रतिवेदन बुझाउँदै

देशान्तर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्ताव गरेका ब्रेट काभानोगमाथि लागेको यौन हिंसाको आरोपका सम्बन्धमा संघीय जाँच आयोग एफबिआईले गरेको अनुसन्धानको प्रतिवेदन सिनेटलाई बुझाउने तयारी भएको छ ।

काभानोगलाई सर्वोच्च अदालतको न्यायाधीशका रुपमा अनुमोदन गर्ने वा नगर्ने भन्ने बारे रिपब्लिकन र डेमोक्र्या्टिक पार्टी्बिच गम्भीर मतभेद रहेको छ ।

काभानोगले सन् १९८० को दशकमा दुवै किशोरावस्थामा रहेका बेला आफूमाथि यौन हिंसा गरेको आरोप लगाएकी थिइन् । काभानोगको मनोनयन अनुमोदन सम्बन्धमा सिनेटमा शुक्रबार प्रारम्भिक र शनिबार अन्तिम मतदान हुने तयारी छ ।