काठमाडौं । न्यायाधीश रञ्जन गोगोई भारतीय सर्वोच्च अदालतका मुख्य न्यायाधीश बनेका छन् बुधबारदेखि सर्वोच्च अदालतको मुख्य न्यायाधीशको रुपमा दीपक मिश्राको कार्यकाल मंगलबारदेखि समाप्त भएपछि बुधबारदेखि गोगाई मुख्य न्यायाधीश बनेका हुन् ।
कार्यकाल समाप्त भएका न्यायाधीश मिश्रा विरुद्ध महाअभियोग लगाउने प्रयास पनि भएको थियो । केही न्यायाधीशले उनको विरोध पनि गरेका थिए ।
मिश्राको अध्यक्षतामा रहेका पाँच न्यायाधीशसहितको संवैधानिक इजलासले केही ऐतिहासिक फैसला गरेको छ ।
समलैंगिकतालाई अपराधको सूचिमा राखेको धारा ३७७ को व्यवस्थालाई खारेज गर्दै मिश्राको बेन्चले ऐतिहासिक फैसला गरेको हो ।
प्रतिक्रिया