काठमाडौं । क्यानडाको संसदले म्यानमारको नेता आङ सान सुकीलाई दिइएको नागरिकता फिर्ता लिने सम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।
म्यानमारमा चलिरहेको रोहिंग्या संकटको पृष्ठभूमिमा यो कदम उठाइएको हो । नोबेल शान्ति पुरस्कारबाट सम्मानित आङ सान सुकीलाई क्यानडाको संसदले सन् २००७ मा मानार्थ नागरिकता दिइएको थियो ।
अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायबिरुद्ध म्यानमारको सेनाले गरेको अत्याचारमा मौनता साधेको कारण सुकी पछिल्लो समय अन्तर्रा्ष्ट्रिय स्तरमा निक्कै आलोचनाएको छ । सूकीलाई सन् १९९१ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो ।
प्रतिक्रिया