काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महासभाको बैठक त्यसलगत्तै बसेको सुरक्षा परिषदको बैठकमा सम्बोधन गर्दै सिंगो खाडी क्षेत्रका लागि खतरा बनेको इरानको आणविक कार्यक्रम पूर्ण रुपमा बन्द नहुँदासम्म अमेरिकाले इरान विरुद्ध सख्त आर्थिक प्रतिबन्धहरु लगाइरहने बताएका छन ।
उनले इरानसँग भएको आणविक सम्झौता “भयानक, र एक पक्षीय” रहेको भन्दै त्यसलाई कुनै पनि अवस्थामा स्वीकार्न नसकिने बताए । इरानी राष्ट्रपति हस्सन रौहानीले महासभामा बोल्नेक्रममा अमेरिकी भनाइको प्रतिवाद गर्दै नाजीवादी शैलीले कुनै प्रतिफल नदिने बताए ।
उनले राष्ट्रसङ्घको सुरक्षा परिषदमा अमेरिकी राष्ट्रपतिले अध्यक्षता गरेकामा समेत अप्रसन्नता व्यक्त गरेका छन । इरान विरुद्ध आक्रमण नै गर्नुपर्छ भनी बहस गरी आउनुभएका ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले अमेरिका र यसका सहयोगी राष्ट्रमाथि इरानले कुनै गतिविधि गरेमा त्यसको ठूलो मूल्य चुकाउनुपर्ने बताए ।
प्रतिक्रिया