काठमाडौं । सरकारले विप्लव नेतृत्वका नेकपासहित सबै असन्तुष्ट र द्वन्द्वरत पक्षलाई वार्ताका लागि बोलाएको छ । सरकारद्वारा गठित सरकारी बार्ता टोलीले सोमबार सिंहदरवारमा पत्रकार सम्मेलन गरी द्वन्द्वद्धरत सबै पक्षलाई वार्तामा आउन औपचारिक रुपमा आह्वान गरेको हो ।
पत्रकार सम्मेलनमा सरकार सबै प्रकारका द्वन्द्व निर्मुल गरी सहमतिका माध्यमबाट शान्ति, सहिष्णुता र सद्भाव कायम गरी समावेशी, समतामुलक, न्यायपूर्ण र अग्रगामी राज्य निर्माण गर्न तयार रहेको वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले बताए ।
वार्ता टोली संयोजक पाण्डेले संक्रमणकालिन अवस्थाका र पछिल्लो समयमा समेत रहेका र देखिएका असन्तुष्टि र असहमतिहरुलाई वार्तामार्फत सहमति र सम्झौता गर्न सरकारले कुनै कसर बाँकी नराख्ने जनाएका छन् ।
खासगरी विप्लव नेतृत्वको नेकपा र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धन सरकारका लागि चुनौतिको विषय बनिरहेका छन् ।
प्रतिक्रिया