देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको संघीय ढाँचा अनुरूपको विधान मस्यौदा तयार

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसले संघीय ढाँचाअनुरूपको विधानका लागि प्रारम्भिक मस्यौदा तयार पारेको छ । नया संरचनाका लागि कांग्रेसले पदाधिकारी समेत थप गर्दै केन्द्रीय समितिलाई बढाउन प्रस्ताव गरेको छ । विधान समितिको बैठकमा विधान मस्यौदाको खाका तयार गर्दै विभिन्न तीन उपसमितिले आ–आफ्नो प्रतिवेदन मूल समितिलाई बुझाएइ सकेका छन् ।

प्रारम्भिक मस्यौदामा वरिष्ठ नेता सहित पदाधिकारी संख्या १० जना रहने गरी प्रस्ताव गरिएको छ । जस अनुसार सभापति सहित, दुई उपसभापति, दुई महामन्त्री, तीन सहमहामन्त्री र एक कोषाध्यक्ष प्रस्तावित छन् । तर को निर्वाचित र को मनोनित हुने भन्ने तय भएको छैन ।

विधान समितिका प्रवक्ता रमेश लेखकले पदाधिकारी संख्या बढ्ने निश्चित भएपनि निर्वाचित हुने र मनोनित हुने पदका विषयमा छलफल जारी रहेको बताए ।

यसैगरी पार्टीको केन्द्रीय समिति पनि एक सय २० देखि एक सय ३० को संख्यामा रहने गरी प्रस्ताव गरिएको छ । विधान समितिका सदस्य रहेका नेता प्रदिप पौडेलले एक सय २० देखि १ सय ३० जनासम्म केन्द्रिय समितिमा रहने गरी प्रस्ताव आएको बताए । हाल कांग्रेस केन्द्रिय समिति ८५ सदस्सीय छ ।

पार्टीको संरचना समेत मतदान केन्द्र कमिटि देखि केन्द्रीय समितिसम्म गरी आठ तह प्रस्ताव गरिएको छ । सबै भन्दा तल्लो तहमा मतदान केन्द्र कमिटी, गाउँपालिका नगरपालिका वडा कमिटी, स्थानीय तह कार्यसमिति, प्रादेशिक क्षेत्रीय समिति, संघीय क्षेत्रीय समिति, जिल्ला कार्यसमिति, प्रादेशिक कार्यसमिति र केन्द्रीय कार्यसमिति गरी नयाँ खाका तयार गरिएको हो ।

महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको विधान समितिले पार्टीको संरचना, कार्यविभाजन र आन्तरिक व्यस्थापनसँग सम्बन्धित विधान बनाउन तीन उपसमिति गठन गरेको थियो । समितिले एकीकृत प्रारम्भिक मस्यौदामाथि असोज पहिलो साता सबै प्रदेशमा छलफल तथा अन्तक्र्रिया कार्यक्रम समेत गर्दैछ ।

यस्तै असोज दोस्रो साता अन्तिम मस्यौदा तयार हुने छ । मंसिरमा ५ देखि ९ सम्मका लागि टोकिएको महासमिति बैठकले त्यसलाई पारित गरेपछि कांग्रेस संविधानले तय गरेको संरचनामा रूपान्तनरण हुनेछ ।