काठमाडौँ । नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापाले पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबार राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा सेनापति थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले दर्ज्यानी चिन्ह प्रदान गरिन् ।
राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । यसैबीच निवर्तमान प्रधानसेनापति राजेन्द्र क्षेत्रीले आइतबारदेखि अवकाश पाएका छन् ।
अवकाशमा जानु एक महिनाअघि प्रधानसेनापति बिदा बस्ने सैनिक परम्पराअनुसार प्रधानसेनापति क्षेत्री बिदा बसेका कारण सरकारले साउन २४ गतेदेखि लागू हुने गरी रथी थापालाई कायममुकाय प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो ।
उनले सपथ लिएसँथै आजै सैनिक मुख्यालय जङगीअड्डा पुगेर सेनाको ४३ औँ प्रधानसेनापतिको रूपमा कार्यभार सम्हालेका छन् । विसं २०१७ भदौ २५ गते लम्जुङको गाउँ शहरमा जन्मिएका रथी थापा विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना भएका थिए ।
प्रतिक्रिया