काठमाडौं । गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एअरको हेलिकप्टर दुर्घटनामा परेको छ ।
बिहान ८ बजेर १८ मिनेटमा ल्याण्ड हुनुपर्ने गोरखाको सामागाउँबाट उडेको हेलिकप्टरमा ६ जना यात्रु र एक जना क्याप्टेन रहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार गोरखाको सानोगाउँबाट उडेको केही मिनेटमै हेलिकोप्टर सम्पर्क्विहीन भएको थियो ।महाप्रबन्धक क्षेत्रीका अनुसार हेलिकप्टरमा रहेका यात्रुका आफन्तमार्फत एक जना यात्रुसँग सम्पर्क भएको थियो ।
महाप्रबन्धक क्षेत्रीका अनुसार ती यात्रुले ‘हेल्लो’ भनेको मात्रै सुनिएको थियो । यात्रुहरुको अवस्थाबारे विस्तृतमा जानकारी आएको छैन ।
हेलिकप्टर धादिङको रुबीभ्यालीको रि भन्ने क्षेत्रमा फोर्सल्याण्डिङ गर्न खोज्दा दुर्घटनामा परेको हुनसक्ने विमानस्थल कार्यालयले जनाएको छ । अन्य जानकारी बुझ्ने प्रयास भैरहेको महाप्रबन्धक क्षेत्रीले बताए ।
प्रतिक्रिया