काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक सेवा-सुविधाको लोभ नगर्न कर्मचारीलाई आग्रह गरेका छन् । उनले कम खर्च गर्न र काम गुणा गर्न कर्मचारीलाई निर्देशनसमेत दिए ।
‘हाम्रोमा निरपेक्ष गरिबी २१ प्रतिशत छ, तिनले भुटेको मकैसमेत पेटभरि खान पाउँदैनन्’, निजामति सेवा दिवसको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा उनले भने, ‘तिनलाई हेरेर सेवा-सुविधाको कुरा गर्नुस् ।’
प्रधानमन्त्री ओलीले कर्मचारीले घुस खाएको समाचार बारबार आउने गरेको भन्दै आउँदा दिनमा त्यस्तो समाचार सुन्नु नपर्ने विश्वास व्यक्त गरे । ‘कर्मचारीले घुस खाएको समाचार बारबार आउँछन’, प्रधानमन्त्रीले भने, ‘अब त्यस्तो सुन्नु नपरोस् ।’
उनले कर्मचारीको अहिलेको काम सन्तोषजनक नभएको खर्च कम र काम बढी गर्न निर्देशन समेत दिए । ‘अहिले हामीले दुई हप्तामा जुन काम गरिरहेका छौं, त्यसलाई एकै हप्तामा पनि गर्न सकिन्छ ,’ प्रधानमन्त्री ओलीले भने ।
कर्मचारी संगठन खारेज हुनुपर्ने बहस बेला-बेला उठ्ने गरेपनि उनले त्यो यथावत रहने भन्दै बचाउ गरे । ‘ आधिकारिक ट्रेड युनियन कानुनी हैसियत प्रप्त संस्था हो । तिनको मातृ संस्था उद्गमस्थल हो । तिनका कार्य र हैसियत यथवत रहन्छन्’, प्रधानमन्त्री ओलीले भने ।
प्रतिक्रिया