काठमाडौ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले ब्यापारीले ठूला नेतालाई नै चलाउन सक्ने भएकोले आफूले भनेको नटेरेको गुनासो गरेका छन ।
नेपाल आर्थिक पत्रकार समाज सेजनले दुई पक्षीय लगानी सम्झौताको बारेमा गरेको कार्यक्रममा मन्त्री यादवले बजार अनुगमन गरेर व्यापारी तर्साएको आरोप गलत भएको पनि दाबी गरे ।
मन्त्री यादवले नेपालका केही व्यापारीले विदेशी लगानीकर्ता भड्काउने गरेको आरोप लगाएका छन । विदेशी लगानीकर्तालाई सहज बनाउन र समस्या समाधानको लागि एउटा समिति बनाएर काम गरिरहेको भन्दै उद्योग मन्त्री यादवले अबको केही महिनामै एकद्वार प्रणालीबाट विदेशी लगानी भित्र्याउन सकिने संरचना बनिसक्ने पनि मन्त्री यादवले बताए ।
प्रतिक्रिया