देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सातै प्रदेशका मुख्यमन्त्रीहरु पोखरामा

देशान्तर

काठमडौँ । सात वटै प्रदेशका मुख्यमन्त्रीहरुको प्रथम भेला पोखरामा सुरु भएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को आयोजनामा बिहीबार भेला आयोजना गरिएको हो ।

मुख्यन्त्रीहरुले हातेमालो गरेर ऐक्यवद्धता जनाउँदै भेलाको उद्घाटन गरेका छन् । भेलामा सातै प्रदेशको वर्तमान अवस्था, आइपरेका समस्या, ठूला आयोजनाहरु, केन्द्रले दिने अनुदानलगायत विषयमा छलफल सुरु भएको छ ।

अन्तरप्रदेश परिषद् बैठकको पूर्वसन्ध्यामा आयोजित भेलाले एउटै एजेन्डा तय गर्ने विश्वास लिइएको छ । प्रदेशको अधिकार, प्रदेशका विभिन्न संरचना, कर्मचारी, प्रहरीलगायत विषयमा संघीय सरकारले बेवास्ता गरेको आरोप लाग्दै आएका बेला यसको साधानका लागि भेलाको आयोजना गरिएको हो ।

अहिले भेलामा सातै प्रदेशका मुख्यमन्त्रीले सम्बोधन गर्नेक्रम जारी रहेको छ । मुख्यमन्त्रीहरुले धारणा राखेपछि भेला आजै सकिनेछ ।