भारत । घनघोर वर्षाका कारण राजधानी नयाँ दिल्ली डुबानमा परेको छ । डुबानले यातायात संचालन लगायतका दैनिक जनजीवन कष्टकर बनेको छ ।
भीषण वर्षाले राजधानी वरपरका बस्ती समेत डुबेका छन् । वर्षाले हरियाणा, चण्डीगढ, दिल्ली र वरपरका क्षेत्र जलमग्न छन् ।
डुवानपछि नगरका अधिकारीले भल निकासका लागि कमजोर संयन्त्र बनाएको भन्दै एक आपसमा आरोप प्रत्यारोप गरेका छन् ।
मौसम विज्ञान विभाग आइएमडीले अझै दुई दिन पानी परिरहने जनाएको छ ।
– एजेन्सी
प्रतिक्रिया