काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो बैठकमा सहभागी हुन आएका श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना स्वदेश फर्किएका छन्।
बुधबार नेपाल आएका उनलाई नेपाल सरकारका उपप्रधान एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका हुन्।
उनले शनिबार लुम्बिनी भ्रमण गरेका थिए। सम्मेलनमा भाग लिन आएका सबै राष्ट्र प्रमुखहरू स्वदेश फर्किए पनि उनको लुम्बिनी भ्रमणले गर्दा बसाइ लम्बिएको थियो।
प्रतिक्रिया