बागलुङ । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा युवा नेता किरण पौडेलले दुर्इ तिहार्इको सरकारले कुनै उपलब्धी हाँसिल गर्न नसकेको बताएका छन ।
कांग्रेस बागलुङले आयोजना गरेको बधाई एवं स्वागत कार्यक्रममा बोल्दै नेता पौडेलले सरकारले कांग्रेसका पालामा भएका गतिविधिलार्इ आफ्नो उपलब्धी भनेर जनतालार्इ छल्ने काम गरेको बताए । उनले सरकारले जनतालाई राहत दिने कुनै कार्य नगरेको बताएका छन् ।
सरकारबाट सुधारका कार्य नभई पुरानै कामलाई निरन्तरता दिएको दिएको छ नेता पौडेलले भने, नयाँ काम भन्दानी जनतालार्इ भार बोकाउने काममा मात्र ध्यान दिएको छ । यसबाट खुसी होईन थप दुखी बन्नुपर्ने अवस्था छ ।
नेविसंघका पुर्व महामन्त्री समेत रहेका पौडेलले जनताले ठुलो आश गरेको अवस्थामा स्थानीयदेखि केन्द्रिय तहसम्म कुनै नयाँ काम गर्न नसकेको बताए । पौडेलले कांग्रेसले आगामी दिनमा गाउँ गाउँमा पार्टिका गतिविधी बढाएर लैजाने योजना रहेको बताए ।
निर्वाचनको समयमा भोगेको कुराहरूलार्इ आत्मसाथ गरि नयाँ चिराबाट पार्टी लागेको उनको भनाइ छ । नेपाली कांग्रेसले सुढृड हुने गरी चलयमान र गतिशिल बनाउन स्थानीय देखि केन्द्रसम्म लागेको बताए । नेपाली कांग्रेस जिल्ला सभापति दिपेन्द्रबहादुर थापाको अध्यक्षता र सचिव नवराज पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया