देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिमस्टेकका ४ पाहुना आजै स्वदेश फर्किने

देशान्तर

काठमाडौं। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो सम्मेलनमा सहभागी हुन आउनुभएका सदस्य राष्ट्रका सरकार प्रमुखमध्ये ४ जना आज स्वदेश फर्किदै हुनुहुन्छ ।

परराष्ट्र मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र म्यानमार राष्ट्रपति विन मिन्ट र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा आज स्वदेश फर्किन लाग्नुभएको हो । यस्तै भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक भोलि र श्रीलंकाली राष्ट्रपति मैत्रीपाल सिरिसेना पर्सि (आइतबार) स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।
होटल सोल्टीमा एक भब्य समारोहका बीच बिमस्टेक सम्मेलन हिजोदेखि सुरु भएको हो । शिखर सम्मेलन काठमाडौँ घोषणापत्र जारी गर्दै आज अपराह्न समापन हुनेछ ।