दोलखा । सञ्चारकर्मी उषा तामाङले आफ्नो जन्मदिनको अवसरमा जिल्ला आपत्तकालिन सेवा केन्द्रलाई नगद सहयोग गरेकी छन् । जिल्लाको स्थानिय रेडियोमा कार्यरत उनी आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को केन्द्रीय सदस्य समेत हुन् ।
उनले २१ औँ जन्मोत्सवको अवसरमा आपत्तकालिन सेवा केन्द्रलाई नगद रु पाँच हजार ११, पाँचथान पिसका कुर्ता सरुवाल र स्टेश्नरी सामग्री सहित रु १३ हजार बराबरको आर्थिक सहयोग गरेकी हुन् ।
आवाज नेपाल दोलखाले महा–भुकम्पपछि जिल्लामा आपत्तकालिन सेवा केन्द्रको स्थापना गरेको छ । सहयोग रकम लिँदै आवाज नेपाल दोलखाकी अध्यक्ष सिर्जना कार्कीले धनभन्दा पनि मन ठुलोहुनेहरुले नै सस्थालाई यो अवस्थासम्म ल्याईपु¥याएको बताईन् ।
हिंसामा परेका महिला तथा बालिकाको लागि आफ्नो जन्मोत्सवको अवसरमा केहि सहयोग प्रदान गर्न पाउँदा आफुलाई खुशी लागेको तामाङले तामाङले बताईन् ।
जिल्ला आपत्तकालिन सेवा केन्द्रमा हाल ३ जना बालबालिका सहित ६ जनाले आश्रय लिइरहेका छन् ।
भूकम्पपछि सञ्चालनमा आएको सेवा केन्द्रमा विभिन्न हिंसाबाट पीडित महिला तथा बालिकाहरु बस्नेगर्दछन् ।
प्रतिक्रिया