देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री शेख हसिना बिमस्टेक सम्मेलन नसकिँदै बंगलादेश फर्कने

देशान्तर

काठमाडौं । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन काठमाडौं आएकी बंगलादेशी प्रधानमन्त्री शेख हसिना सम्मेलन नसकिँदै स्वदेश फर्कने भएकी छन् ।

शिखर सम्मेलनको समापन मध्यान्ह १ः४५ बजे हुने परराष्ट्र मन्त्रालयले तयार पारेको तालिकामा उल्लेख छ ।उनी शुक्रबार बिहान ११ बजे त्रिभुवन विमानस्थलबाट बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ ।

आफ्नो देशमा चलिरहेको राजनीतिक आन्दोलनका कारण हसिना सम्मेलन नसकिँदै स्वदेश फर्कन लागेको बंगलादेशका सञ्चार माध्यमले जनाएका छन् ।

विद्यार्थी आन्दोलन, पत्रकार पक्राउजस्ता विषयका कारण उनको भ्रमण छोट्टिएको  हो  ।