देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कलंकीको अण्डरपास एक हप्तापछि फेरि खुल्यो

देशान्तर

काठमाडौं । कंलकीको अण्डरपास फेरि खुलेको छ । बन्द भएको एक हप्तापछि अण्डरपास खुलाइएको हो ।

गएको ६ गते सरसफाईको लागि अण्डरपास बन्द गरिएको थियो । यसअघि भदौ १ गतेदेखि खुलाइएको अण्डरपासमा धुलो धेरै भएको भन्दै सफा गर्न एक हप्ता बन्द गरिएको चक्रपथ विस्तार आयोजनाले जनाएको छ ।

आयोजनाका प्रमुख प्रकाशचन्द्र भण्डारीले दोस्रो चरणको कालोपत्र गर्न बाँकी रहेकाले त्यो काम भएपछि मात्रै अण्डरपास पुरै खुल्ने बताए ।

जाम भइरहने कलंकीमा अण्डरपास खुलेपछि केही सहज भएको छ । फेरि अण्डरपास बन्द गर्नुपरेमा सार्वजनिक सूचना निकालेर जानकारी गराइने समेत भण्डारीले बताए ।