काठमाडौं । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना आज बिहान राजधानी आइपुगेकी छिन् । आजबाट राजधानीमा चल्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन उनी राजधानी आइपुगेकी हुन् ।
विमानस्थलमा उनलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका छन् । हसिनालाई नेपाली सेनाको एक टोलीले सम्मान साथ स्वागत गरेको थियो । बंगलादेशको राष्ट्रिय ध्वजाबाहक जहाजको विशेष उडान मार्फत उनी काठमाडौं आएकी हुन् ।
उनी बिहीबार बिहान ९ बजेर २० मिनेटमा त्रिभुवन विमानस्थल झरेकी हुन । तर उनको अवतरण तालिका भने सवा ९ बजे तय गरिएको थियो ।
बंगलादेशकी प्रधानमन्त्री वाजेदलाई विमानस्थलको विशिष्ट कक्षमा नेपालका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए । वाजेद पनि विमानस्थलबाट सोझै सम्मेलनस्थल सोल्टी होटल गएका छन । उनले पनि केही समय आराम गरेपछि सम्मेलनमा भाग लिने कार्यक्रम छ ।
प्रतिक्रिया