काठमाडौँ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो सम्मेलन आजदेखि काठमाडौंमा सूरुहुदैछ ।
बिमस्टेकका अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न पौने ४ बजे सम्मेलन उद्घाटन गर्ने कार्यतालिका रहेको छ ।
बुधवार सम्पन्न बिमस्टेकका परराष्ट्रमन्त्रीहरूको बैठकले सम्मेलनमा प्रस्तुत हुने एजेन्डा, हस्ताक्षर हुने समझदारीपत्र र जारी हुने काठमाडौं बडापत्रलाई अन्तिम रूप दिएको छ ।
सम्मेलनमा सहभागी हुन सदस्य–राष्ट्रका प्रमुखहरु नेपाल आउनेक्रम जारी रहेको छ । आज तीन देशका सरकार प्रमुख नेपाल आउदै छन् ।
बिहिवार बिहान ८ बजेदेखि ११ बजेको बीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ ।
यसैगरि बंगलादेशका प्रधानमन्त्री शेख हसिना बिहान ९ बजे काठमाडौं आईपगेकि छन । थाइल्याण्डका राष्ट्रपति प्रायुट चान ओचा पनि आजै नेपाल आउँदैै छन् ।
यता श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक म्यानमारका राष्ट्रपति यु–बिन मिन्ट यसअघि नै काठमाडौं आइसकेका छन ।
बिमस्टेकको कार्यतालिका
परराष्ट्र मन्त्रालयको कार्यक्रम–तालिकाअनुसार प्रधानमन्त्री ओलीले सम्मेलनको उद्घाटनसँगै २२ मिनेट संवोधन गर्नेछन ।
यसपछि वर्णानुक्रमअनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति यु विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र थाइल्यान्डका राष्ट्रपति जनरल प्रयुत चान ओ चाले १५–१५ मिनेट सम्बोधन गर्नेछन् ।
आज पौने ६ बजे पहिलो औपचारिक कार्यक्रम सम्पन्न हुनेछ । आज साँझ ७ः२५ देखि ९ः२० सम्म प्रधानमन्त्री ओलीले आयोजना गर्ने रात्रिभोजमा सदस्य–मुलुकका कार्यकारी प्रमुख सहभागी हुनेछन् ।
सुक्रवार बिहान प्रधानमन्त्री ओलीले सहभागी सरकारप्रमुख एवं राष्ट्रप्रमुखको सम्मानमा होटेल सोल्टीको पुलसाइडमा रिट्रिट दिनेछन् भने ११ बजे बिमस्टेकको दोस्रो सत्र सुरु हुनेछ ।
प्रधानमन्त्री ओलीले हस्ताक्षर गर्नुपर्ने समझदारीपत्रबारे जानकारी दिनेछन् भने सम्मेलनको अन्तिम दिन बिमस्टेक स्वतन्त्र व्यापार सम्झौताअन्तर्गत ग्रिड कनेक्टिभिटीसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ ।
यसैगरी ट्रान्सपोर्ट कनेक्टिभिटीको गुरुयोजना निर्माण तथा आतंकवाद र अन्य अन्तरदेशीय अपराध नियन्त्रणका विषयमा सम्मेलनमा छलफल हुनेछ । त्यसपछि बिमस्टेक घोषणापत्र जारी हुनेछ ।
प्रतिक्रिया