काठमाडौं । रुसले आगामी महिना शीतयुद्ध पछि पहिलो पटक सबैभन्दा ठूलो युद्ध अभ्यास गर्ने भएको छ ।
सन् १९८० पछि तीन लाख सेना र एक हजार विमान प्रयोग गरी हुने सैन्य अभ्यासलाई भोस्टोक–२०१८ नामाकरण गरिने छ ।
सेप्टेम्बर १० देखि पाँच दिन हुने अभ्यासमा मुलुकका केन्द्रदेखि पूर्वी क्षेत्रसम्मका सबै तहका सेनाको प्रतिनिधित्व हुनेछ ।
रुसले गत बर्ष झापड–२०१७ नामक सैन्य अभ्यास गरेको थियो जसमा १२ हजार ७०० सेनाको प्रयोग भएको थियो ।
प्रतिक्रिया