देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सल्यानमा घरको दलिन भाँचिदा ५ को मृत्यू

देशान्तर

काठमाडौं । घरको दलिन भाँचिदा सल्यानमा एउटै परिवारका ५ जनाको मृत्यू भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ४ सेतोगराँसस्थित आफ्नै घरमा सुतेका एउटै परिवारका ५ जनाको मृत्यू भएको हो ।

मंगलबार राती ९ बजे तीर घरको दलिन भाँचिनुका साथै घरको भित्ता भत्किदा एउटै परिवारका ६ जना मध्ये ५ जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृत्यू हुनेमा बुवाआमा सहित २ छोरी र १ छोराको रहेका छन् । मृत्यू हुनेमा ४० वर्षीय बुवा रामसिंह कामी, ३५ वर्षीय आमा राम कला कामी रहेका छन् । यस्तै छोरीद्धय ७ वर्षीय गगां बिक, ६ वर्षीय प्रमिला बिक र छोरा ४ बर्षिय रुपलाल बिक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख विरेन्द्र बहादुर शाहीले जानकारी दिए ।

घरको दलिन भाँचिनुका साथै घरको भित्ता भत्किदा परिवारसँगै सुतेकी रामसिंह कै अन्दाजी ११ वर्षीय सुनिता बिक घाईते भएकी छिन् । घटनाको बिषयमा थपअनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।