देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संघीयताका लागि आवश्यक कानुन छिटो निर्माण गर्न काँग्रेस उपसभापति निधिको माग

देशान्तर

काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीयताका लागि आवश्यक कानुन निर्माणको काम छिटो सम्पन्न गर्न सरकारसँग माग गरेका छन्।

उपसभापति निधिले स्थानीय र प्रदेश सरकारलाई अधिकार सम्पन्न गराउने गरी कानुनी व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए। उनले प्रधानमन्त्री केपी ओलीले स्थानीय तहलाई अनुदान बजेट वृद्धि नगरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। मंगलबार नेपाल नगरपालिका संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपसभापति निधिले सरकारले ६ महिना बित्दा समेत वित्तिय आयोग गठन गर्न नसकेकोमा पनि आपत्ति जनाए।

प्राकृतिक स्रोत र वित्तिय आयोग गठन गरे करसम्बन्धि देखिएको हालको समस्या आफै समाधान भएर जाने उपसभापति निधिको दावी छ। उपसभापति निधिले करको दर नभई दायरा वृद्धि गर्न पनि स्थानीय सरकारलाई आग्रह गरे। उनले नगरपालिकाहरुका लागि आवश्यक सहयोग गर्ने आश्वासन पनि दिएका छन् ।