देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साउदीमा महिला मानव अधिकारकर्मीलाई मृत्युदण्ड दिने तयारी

देशान्तर

काठमाडौं । साउदी अरबको सरकारी अधिकारीहरुले पाँच मानव अधिकारकर्मीलाई मृत्युदण्डको माग गरेका छन् । उनीहरुविरुद्ध हाल एक गोप्य आतंकवादी अदालतमा सुनुवाई चलिरहेको छ ।

यो कुरा ह्युम्यान राईट वाचले बाहिर ल्याएको हो । पक्राउ परेकामध्ये एक इस्रा अल–घोम्घम पनि छिन्।साउदी अरबका अभियानकर्मीहरुका अनुसार उनी मानव अधिकारसम्बद्ध भएकामध्ये मृत्युदण्ड सामना गर्ने पहिलो महिला हुन् ।

उनीमाथि विरोध भड्काएको र आन्दोलनकारीलाई नैतिक समर्थन दिएको जस्ता आरोप लागेको छ । घोमघम साउदी अरबमा शिया मुसलमान समुदायको अधिकारको वकालत गर्ने एक प्रमुख अभियानकर्मी हुन् ।

उनलाई सन् २०११ मा पूर्वी प्रान्तमा भएको आम विरोधप्रदर्शन सुरु गराएको आरोप लागेको छ । उनलाई सन् २०१५ डिसेम्बर उनको श्रीमानसँगै पक्राउ गरिएको थियो ।