काठमाडौं । भेनेजुएलाको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ।भूकम्पको धक्का क्यारेवियनमा पनि परेको छ ।
क्यारेबियन सी मा सुनामी आउनसक्ने भन्दै सतर्क रहन अधिकारीहरुले अनुरोध गरेका छन् ।
अमेरिकन भौगोलिक सर्वेक्षेण अनुसार ७.३ रेक्टर स्केलको भूकम्प गएको छ ।
कोलम्बियन भौगोलिक सर्वेक्षणले भने त्यो भूकम्प ७ रेक्टर स्केलको भएको जनाएको छ ।
भेनेजुयलाको राजधानी कराकसभन्दा निकै टाढा गुइरिया भन्ने शहर नजिकै केन्द्रबिन्दु बनाएर भूकम्प गएको अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया