देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्मला बलात्कारपछि हत्या प्रकरण : स्थानीयद्धारा आन्दोलन

देशान्तर

काठमाडौं । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने बास्तविक अपराधीलाई प्रहरीले उम्काउन खोजेको भन्दै महेन्द्रनगरमा बुधबार पनि स्थानीयहरुले आन्दोलन गरेका छन ।

प्रहरीले वास्तविक अपराधी लुकाउन मानसिक सन्तुलन गुमाएका दिलिप सिंह विष्टलाई पक्राउ गरी दोषी देखाएर उम्किन खोजेको उनीहरुको आरोप छ ।

आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर बनाउने प्रयास गरेको छ । आन्दोलनका कारण बजार व्यवसाय पूर्णरूपमा बन्द भएको छ ।

आन्दोलनमा उत्रिएका नागरिकहरुले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा गर्न माग गरेका छन् ।