देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानन्यायाशीसमा किचलो: को हुन कायममुकायम ?

देशान्तर

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको दुई तिहाइ बहुमतबाट प्रधानन्यायाधीसमा अस्वीकृत भएलगत्तै सर्बोच्च अदालतका न्यायाधीश दीपकराज जोशी विदामा बसे । कायममुकायम प्रधानन्यायाधीशको हैसियतमा सुनुवाइको सामना गरेका जोशीमाथि पाँचवटा अभियोग लाग्यो । जसका कारण उनी बिदा बसे । विदा आगामी भदौ ४ गते(सोमबार) मा सकिदैछ ।

उनी बिदामा बसेपछि बरीयताक्रममा उनीमुनीका न्यायाधीश ओमप्रकाश मिश्रले कायममुकायमको हैसियतमा कार्यभार सम्हाले । शुक्रबार विहानसम्म मिश्रले कामुकै हैसियतमा मुद्दाको पेसी तोक्नेदेखि न्यायिक प्रशासनको नेतृत्व गरिरहेका छन् । बिदामा बसेका जोशीले शुक्रबार मुलुकी संहिता लागु भएको अवसर पारेर संचिवालयमार्फत सन्देश जारी गरे ।

जहाँ उनको परिचय छ ‘कायममुकायम प्रधानन्यायाधीश तथा अध्यक्ष, न्यायपरिषद ।’ फौजदारी र देवानी संहिता लागु भएको अवसरमा उनको संदेशको मुल आशय, ‘न्यायका मान्य सिद्धान्तहरुको परिपालनको गन्तब्यको पहिलो पाइला बनोस ।’ नेपालको संविधानको धारा १२९ को उपधारा ६ मा प्रधानन्यायाधीशको पद रिक्त भएमा, काम गर्न असमर्थ भएमा, विदा बसेमा वा नेपाल बाहिर भएर उपस्थित हुन नसक्ने अवस्था भएमा बरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीश भएर काम गर्ने उल्लेख छ । कायममुकायको हैसियतमा रहेका जोशी विदामा बसेपछि सो संवैधानिक व्यवस्थाअनुसार उनीमुनीका न्यायाधीश मिश्र स्वतः कायममुकायम हुन्छन् । -राजधानी दैनिकबाट