काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–१ स्थित हेलिप्याडमा मनाङ एयरको हेलिकप्टरको पंखाले लागेर १ जनाको मृत्यु भएको छ ।
हेलिकप्टर ल्याण्ड गर्ने क्रममा पछाडिको पंखाले लागेर भारतको महाराष्ट्रका ४२ वर्षीय नगेन्द्र कुमार कार्तिके मेहताको मत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । उनी मानसरोवर दर्शनका लागि जाँदै थिए ।
सुनिकोटबाट नाम्खामा ओर्लंदा उनको मृत्यु भएको हो । हेलिकप्टरलाई मानसरोवर जाने पर्यटकले प्रयोग गरिरहेका थिए । हेलिकप्टरको पछिल्लो भागमा पनि क्षति भएको छ ।
प्रतिक्रिया