देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कतारमा एक नेपालीलाई मृत्युदण्डको फैसला

देशान्तर

काठमाडौं– कतारको अदालतले हत्या अभियोगमा एक नेपालीलाई मृत्युदण्डको फैसला सुनाएको छ ।

कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोगमा नेपाली कामदार अनिल चौधरीलाई मृत्युदण्डको फैसला सुनाएको हो । तल्लो अदालतका न्यायाधीस मुस्तफा अल वेदाहिवीको अध्यक्षतामा बसेको इजलासले सो फैसला सुनाएको हो । तल्लो अदालतले गरेको फैसला उपर नेपाली दूतावासले चौधरीको जीवन रक्षाको लागि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

मोहत्तरी औराही–१, का चौधरी कतारी नागरिक अल नुएमीको हत्या अभियोगमा सन् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ परेका थिए । अदालतले चौधरीलाई ‘गोली हानेर’ मृत्यदण्ड दिने फैसला सुनाएको हो ।