देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्धारित कार्यतालिकाभित्रै मेलम्चीको काम सक्ने दाबी

देशान्तर

काठमाडौँ । खानेपानी मन्त्रालयले निर्धारित कार्यतालिका भित्रै मेलम्ची आयोजनाको काम सक्ने दाबी गरेको छ ।

मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी यस्तो दावी गरेको हो । पत्रकार सम्मेलनमा शंकरप्रसाद सुवेदीले मेलम्चीको काम कार्यतालिकाभित्रै सम्पन्न गर्न कटिबद्ध रहेको जानकारी दिएका हुन् ।

मन्त्रालयले ठेकेदार कम्पनी सिएमसीले यसअघि गरेका प्रतिबद्धता अनुसार काम नगरेकोमा असन्तुष्टि समेत जनाएको छ ।

मन्त्रालयले प्रतिवद्धता बमोजिम काम नगरेकोमा ठेकेदारसँग सपष्टिकरण समेत लिएको जनाएको छ । मनत्रालयले आगामी साउन ३० गते मेलम्चीको पानी काठमाडौमा झार्ने लक्ष्य लिएको छ ।