देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

केकेएफसीले ल्यायो नयाँ वर्षमा विशेष छुटको अफर चैत १५ देखि वैशाख १५ सम्म यो अफर लागु हुने

देशान्तर

काठमाडौं । क्रिस्पी, क्रन्ची चिकेन पाइने रेष्टुरेन्ट केकेएफसीले नयाँ वर्ष २०७५ को अवसरमा विशेष छुटको अफर जारी गरेको छ । यही चैत १५ देखि आगामी वैशाख १५ सम्म हरेक बीलमा १५ प्रतिशत छुट (क्यास ब्याक)को अफर जारी गरेको हो । केकेएफसीले संचालनमा आएको पाँच महिनामै लोकप्रिय ब्रान्डको रुपमा स्थापित भएको छ ।
न्युरोडको पिलुल्स प्लाजामा स्थित केकेएफसी यस्तो रेष्टुरेन्ट हो जहाँ रोबोटले खानाको अर्डर लिने र बोटले नै टेबुलमा खाना ल्याएर दिने व्यवस्था गरिएको छ । यस किसिमको रेष्टुरेन्ट नेपालकै पहिलो हो । विगत एक दशक देखि रेष्टुरेन्ट व्यवसायमा संलग्न रन्जित साहले संचालक गरेको केकेएफसी रेष्टुरेन्टले फास्ट फुड कुजिन अन्तर्गत क्रिस्पी फ्राईड चिकेन, ग्रिल्ड चिकेन, बर्गर र हटडक लगायतका परिकारहरु पस्किदै आएको छ । साहका तीन दाजुभाईहरुको संयूक्त प्रयासले रोबोट प्रविधि जडित रेष्टुरेन्टलाई नेपालमा सम्भव तुल्याएको हो ।
अन्य मुलुकहरुमा रोबोट प्रविधि जडित रेष्टुरेन्ट सञ्चालनमा आइसकेपनि नेपालको लागि भने यो पहिलो र नौलो हो । ग्राहकहरुलाई छिटो र छरितो सर्भिस दिन सकियोस र नयाँ अनुभव पनि हासिल होस भन्ने उद्देश्यले रोबोट जडित रेष्टुरेन्ट संचालनमा ल्याएको साहले बताए । रेष्टुरेन्टले हाल दिनको २ लाखसम्मको व्यापार गरिरहेको छ । अब चाडै नै पुरानोबानेश्वरमा शाखा विस्तार गर्ने संचालक साहले जानकारी दिए ।