देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आँखाभरी आँसु लिई प्रचण्डले दिए छोरा प्रकाशलाई दागबत्ति

देशान्तर

काठमाडौं । आज मृत्यु भएका प्रकाश दाहालको हिन्दु परम्परा अनुसार दहासंस्कार गरिएको छ । पशुपति आर्यघाटमा प्रकाशको अहिले दहासंस्कार भइरहेको छ ।

दाहाललाई बुबा पुष्पकमल दाहालले दागबत्ती दिएका छन् । प्रकाशका छोराहरुको ब्रतबन्ध नभएका कारण बुबाले नै दागबत्ती दिएका हुन् ।
यसअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो ।

आँखाभरी आँशु लिई शोकमा डुवेका प्रचण्डले छोरा प्रकाशको पार्थिव शरीरमाथि पार्टीको झण्डा ओढाएका थिए । २०५७ देखि नै नेकपा माओवादीमा पूर्णकालिन भएर सचिवालयमा काम गरेका प्रकाशको ३६ वर्षको उमेरमा आज बिहान निधन भएको थियो ।