काठमाडौं । पुर्ब राजा ज्ञोन्द्र शाह हृदयघाको संकेत देखिएपछि आज बिहान काठमाण्डौको थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना भएका छन ।
लामो समय देखि मुटुरोगको समस्या झेल्दै आएका शाह चिकित्सकको सल्लाह अनुसार अस्पताल भर्ना भएका हुन । शाहलाई बिगत १० बर्ष देखि मुटु र मस्तिस्कमा समस्या देखिदै आएको थियो ।
आज बिहान एक्कासी योगाको समयमा शाहलाई मुटुको समस्याले च्यापेको पारिवारीक स्रोतले जनाएको छ । मुटु र मस्तिस्कको नियमि चेकजाँच गराउदै आएका शाहले जन्मदिन मनाउनु २ महिना यता परिक्षण गराएका थिएन ।
आज बिहान एक्कासी मुटुको धमनीमा अवरोध आएपछि उनलाई नर्भिक अस्पताल पुर्याईएको हो । नेपालमा शाह परिवारको उपचार नर्भिकमा हुदै आएको छ ।
नर्भिक अस्पतालका अनुसार शाहको एनजीओग्राफी पछि एनजीओप्लाष्टी गर्ने तयारी भईरहेको छ । अस्पतालले शाहको अवस्था सिरियस उन्मुख रहेको बताएको छ
प्रतिक्रिया