देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा कांग्रेस उम्मेदवार विजयी

देशान्तर

मानेभन्ञ्याङ । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा मोतिराज राई ३ हजार ८६३ मत ल्याएर विजयी भए।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुपलाल तामाङले २ हजार ५६२ मत ल्याएका छन्।

उपाध्यक्षमा कांग्रेसकी सविता राई ४ हजार ३५ मत ल्याएर विजयी भएकी छन्। एमालेकी भावना राई २ हजार १५६ मत पाएर निकटतम प्रतिद्धन्दी भइन्।

मानेभन्ज्याङ गाउँपालिका कांग्रेस सांसद रामहरी खतिवडाको गाउपालिका हो ।