देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धनुषामा विद्यालय जाँदै गरेका प्रधानाध्यापकमाथि गोली प्रहार

देशान्तर

काठमाडौं । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको विलट साह सर्वोदय मावि सिनुरजोडाका प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ ।

विद्यालय जाँदै गरेका ५० वर्षीय प्रधानाध्यापक नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको हो ।

जनकपुर उपमहानगरपालिका–७ का शर्मा माथि बिहान साढे ६ बजे घरबाट विद्यालय जाँदै गरेका बेला लक्ष्मीनियाँ चोकबाट पश्चिमतर्फको बाटोमा गोली प्रहार भएको हो ।

मोटरसाइकलमा आएका हतियारधारी दुई जनाले गोली प्रहार गरी भागेको प्रहरीले जनाएको छ । शर्माको गालामा गोली लागेको छ ।

उनको अवस्था गम्भीर रहेको र उपचारका लागि जनकपुर अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । गोली प्रहार गर्नेहरुको खोजी भइरहेको बताइएको छ ।