काठमाण्डौँ । आउँदो बुधबार हुने दोश्रो चरणको स्थानीय तह निर्वाचनका लागि आज मतदाता परिचय पत्र बितरण शुरु गरिएको छ । प्रदेश नम्वर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहका मतदाताहरुलाई मतदाता परिचय पत्र वितरण शुरु गरिएको हो ।
निर्वाचन आयोगका अनुसार सँगसँगै मतदाता शिक्षा पनि दिइने छ । आज भोली र पर्सी सम्बन्धित मतदान केन्द्रबाट ६४ लाख ३२ हजार ७ सय ६५ जना मतदातालाई परिचयपत्र बितरण गरिने निर्वाचन आयोगले जानकारी दिएको छ । तीन वटै प्रदेशका मतदान केन्द्रमा कम्तीमा एक जना मतदाता शिक्षा कार्यकर्ताका दरले आठ हजार ३५० कर्मचारीलाई खटाइएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार निर्वाचनमा खटिएका मतदान अधिकृतको टोलीले ४ हजार ५ सय ८१ मतदान स्थलबाट मतदाता परिचयपत्र वितरण गरिरहेका छन् । आयोगले निर्वाचनका लागि सुरक्षाकर्मी बाहेक ६६ हजार ९ सय कर्मचारी परिचालन गरेको छ ।
प्रतिक्रिया