देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सबै केन्द्रमा आजै निर्वाचन अधिकृत खटिइसक्ने – आयोग

देशान्तर

काठमाडौं । स्थानीय तहको दोश्रो चरणको चुनावका लागि शनिबारसम्ममा सबै निर्वाचन केन्द्रमा निर्वाचन अधिकृत पुगिसक्ने भएका छन् । चुनावका लागि निर्वाचन अधिकृत खटिइसकेको र शनिबार बेलुकासम्म सबै केन्द्रमा पुगिसक्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले टाढा मतदान केन्द्र भएका जिल्लामा चुनावका लागि आवश्यक सामग्री लिएर सबै कर्मचारीको टोली खटिइसकेको जानकारी दिए ।

आयोगले दोश्रो चरणमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिएको जानकारी दिएको छ । असार १४ गते हुने चुनावबाट १५ हजार ३८ जना जनप्रतिनिधि चुनिनेछन् ।

दोस्रो चरणमा एक महानगरपालिका, सात उपमहानगरपालिका, १ सय ११ नगरपालिका, २ सय १५ गाउँपालिका गरी ३ सय ३४ वटा स्थानीय तहमा चुनाव हुँदैछ ।

यसपटकको चुनावमा ६४ लाख ३२ हजार ७ सय ६५ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणको चुनावका लागि चारहजार ५ सय ८१ मतदानस्थल, ८ हजार ३ सय ६४ मतदान केन्द्र कायम गरिएको छ ।