देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रमुख निर्वाचन आयुक्त भन्छन् भरतपुरमा पुनः मतदान गर्ने निर्णय कानुनसम्मत छ

देशान्तर

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले भरतपुरको वडा न. १९ मा पुनः मतदान गर्ने निर्णय कानुनसम्मत भएको बताएका छन् ।

स्थानीय तह निर्वाचन ऐनको दफा ४९ र ५० मा टेकेर भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय लिइएको उनले बताए । कुन अवस्थामा पुनः मतगणना वा मतदान गर्ने भनेर कानुनमै उल्लेख गरिएको भन्दै उनले त्यस अनुसार निर्णय लिन आफूहरु समक्ष रहेको यादवले बताए ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले मुख्य निर्वाचन अधिकृत आफै कानुनको ज्ञाता भएकाले पनि उनीहरुले दिएको सुझावलाई मान्न निर्वाचन आयोग बाध्य हुने बताए ।

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनलाई निष्पक्ष ढंगले सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको बताएका छन् ।