ओखलढुंगा । चुनाव प्रचार—प्रसारको क्रममा ओखलढुंगामा नेपाली कांग्रेसका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ता्बिच झडप भएको छ ।
मोलुङ गाउँपालिका–७ पात्लेमा बिहीबार बिहान एमाले र कांग्रेस कार्यकर्ता्बिच झडप भएको हो । झडपमा परी एमालेका गाउँ कमिटी सचिव टेकराज सुनुवारसहित अन्य दुई जना घाइते भएका छन् ।
कांग्रेस वडा अध्यक्षका उम्मेदवार गेली शेर्पाको टोलीले आक्रमण गरेपछि झडप भएको अनेरास्ववियुका केन्द्रिय सदस्य दीपक फुयलले बताए ।
घटनका बारेमा प्रहरीलाई जानकारी गराई सकेपनि प्रहरी चौकी टाढा भएकोले अझ नपुगेको स्थानीय बासिन्दाले बताएका छन् ।
प्रतिक्रिया