देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेले २१ लाख मागेपछि भेषराज कांग्रेसमा प्रबेश

देशान्तर

मोरङ । स्थानियतहमा आफु पहिलो पार्टी बन्ने धाक लगाउदै हिडेको प्रमुख प्रतिपक्षीदल नेकपा एमालेलले स्थानीय तहको उम्मेदवार छान्ने क्रममा उमेद्वार बनाईएकाहरुबाट लाखौ रकम लिनेगरेको तथ्य खुन्न थालेको छ ।

एमाले बाटै राजनितिक जीवन सुरु गरेका ब्यक्तिलाई गाउँपालिकाको अध्यक्षका लागि टिकट दिन आफ्नो हैसियत भन्दा माथिको रकम मागेको भन्दै एमालेका एक जना एकजना त्यागी कार्यकर्ताले पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गरेका छन ।

मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष पदका लागि सिफारिसमा परेका भेषराज काफ्लेले आफूसँग एमाले नेताले २१ लाख रुपैयाँ माग गरेको भन्दै पार्टी परित्याग गरेका हुन् । उनी पञ्चायत कालदेखिकै पूर्वमाले र एमालेका कर्मठ कार्यकर्ता हुन् । ४७ वर्ष एमालेमा लागेका उनले अब सक्रिय राजनीति नगर्ने बताएका छन् ।

मदन भण्डारीजस्तो जननेताको विचारबाट स्थापित भएको एमाले पार्टीभित्र स्वार्थी, व्यक्तिवादी चिन्तन र कार्यकर्ताको मूल्यांकनलाई पैसासँग दाँजेर आर्थिक लेनदेनका आधारमा गर्ने आपराधिक प्रवित्ति मौलाएको भन्दै काफ्लेले एमाले त्यागेको बताएका छन ।

विद्यार्थी जीवनदेखि नै एमालेभित्र रहेर पार्टीको सेवा गरेका काफ्लेले आफनो नाम मिक्लाजुङ गाउँपालिका अध्यक्षका लागि गाउँ कमिटीले सिफारिस गरेर जिल्लामा पठाएको र जिल्लाले त्यसलाई सदर गरेपछि प्रदेश कमिटीले उम्मदेवारको अन्तिम टुंगो लगाउनुपर्ने एमालेको नीति अनुसार उनी आफ्नो नाम सदर हुने प्रतिक्षामा रहेको बताए ।

‘तर अन्तिममा उम्मेदवारहरुसँग नेताहरुलाई नजराना चढाउन रकम मागको सिलसिला सुरु गरियो र मसंग २१ लाख नगद मागियो उनले बताए । काफ्लेले दिन नसक्ने जनाएपछि दोस्रो प्रत्याशीलाई २५ लाख मागिएको बताउदै तेस्रोसँग पार्टीले १५ लाख मागेको बताए ।
उनले तेस्रोबाट पनि अस्वीकार गरेप हालका अध्यक्षका उम्मदेवार देवीप्रसाद आचार्यलाई टिकट दिईएको बताए ।

आफूले यसविषयमा छानविनको माग गर्दा पनि पार्टीभित्र कुनै सुनुवाइ नभएकाले एमाले पार्टी परित्याग गरेको काफ्लेको भनाई छ ।

काफ्लेले एक बिज्ञप्ती निकाल्दै आफूसँग एमाले नेताहरुले पैसा मागेपछि गाउँपालिका अध्यक्षको उम्मेदारसँग कति पैसा लिएर टिकट दिइएको हो, सोको विवरण सार्वजनिक गर्न एमाले नेताहरुसँग माग गरेका छन ।

काफ्लेले नेकपा एमालेको प्रदेश नम्बर १ को टिकट बाँड्ने कामको नेतृत्व प्रदेश इञ्चार्ज भीम आचार्य र मोरङ जिल्ला कमिटीको अध्यक्ष विनोद ढकाल आफ्नो राजनितिक प्रतिष्ठालाई पैसामा खरिद गर्न खजेको आरोप लगाएका छन । ढकाल बिराटनगर माहानगरपालिको एमालेका मेयर उमेद्वार हुन ।