काठमाण्डौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सबै दलको अबको कार्यसूची सामाजिक र आर्थिक विकास हुनुपर्ने बताउनु भएको छ ।
उहांले राजनितिक एजेण्ड भन्दापनि सामाजिक रुपान्तरण र आर्थिक बिकासका एजेण्डालाई प्राथमिकताका साथ अगाडी बढाउनु अहिलेको आवश्यकता भएको बताए ।
चुनाबी अभियमनका क्रममा आज बिहान झापाको बिर्तामोड पुग्नुभएका थापाले पत्रकारसँग कुराकानी गर्दै ५० प्रतिशतभन्दा बढी अधिकार लिएर बसेको स्थानीय निकायलाई चानचुने नठान्न आग्रह गर्नु गरे ।
थापाले स्थानीय ठाउँलाई विकास र समृद्धिसँग जोड्न सक्ने व्यक्तिलाई निर्वाचित गर्न पनि सुझाव दिए । उनले काँग्रेसले चुनावमा नआएको राजपालाई पनि सहमतिबाट चुनावमा ल्याएरै छाड्ने जिकिर गरे ।
थापाले संबिधानले स्थानियतहलाई केन्द्रलाई भन्दा बढि अधिकार दिएको उल्लेख गर्दै जनप्रतिनिधिले बिचार पुर्याएर कामगर्न सके देदेको बिकास चाडै हुने बताए ।
प्रतिक्रिया