देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्वाचन पछि धकेल्न खोजेको एमाले नेता नेम्वाङको आरोप

देशान्तर

इलाम । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले जिल्लाको पश्चिमी क्षेत्र लागि केन्द्रमा समेत पहल गरिने बताएका छन् ।

 

एमाले फाकफोकथुम गाउँपालिकाले– ४ मा आयोजना गरेको चुनावी आमसभालाई आज सम्बोधन गर्दै उनले सो क्षेत्र विकासको दृष्टिकोणले ज्यादै पछि परेकाले आफू यसको विकास लागि प्रतिबद्ध रहेको बताए ।

 

वर्तमान सरकारले विभिन्न बहानामा निर्वाचनको मिति सार्ने पक्षमा कोशिस गर्दागर्दै पनि एमालेको दबाबका कारण त्यो सम्भव नभएकाले बाध्य भएर निर्वाचनमै जानुपरेको जिकिर उनले गरे ।

 

पूर्वसभामुख नेम्वाङले राजपाको बहाना बनाएर सरकारले निर्वाचन पछि धकेल्न खोजेको आरोपसमेत लगाए ।