देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेले अत्तो थापेपछि संवैधानिक परिषद अनिर्णीत

देशान्तर

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायधीशको सिफारिसमा अत्तो थापेपछि संवैधानिक परिषद बैठक निर्णयमा पुग्न सकेन् । प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले भावी प्रधानन्यायाधीशका दाबेदार गोपाल पराजुलीको उमेर र शैक्षिक योग्यता विवादबारे अध्ययनका लागि समय लाग्ने भन्दै अत्तो थापेका थिए । ओलीले अत्तो थापेपछि प्रधानन्यायधीश सिफारिस हुन सकेन् ।

गत जेठ २४ गते उमेरहदमा कारण सुशील कार्कीले अवकाश पाएपछि सर्वोच्च अदालत कामचलाउका भरमा चलेको छ । कायम मुकायम प्रधानन्यायाधीशका रुपमा वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीले गरिरहेका छन्। गत शुक्रबार पनि प्रतिपक्षी दलका नेताको व्यस्तता भन्दै परिषद बैठक स्थगित गरिएको थियो। स्थगित बैठक आज बिहान १० बजे बोलाइएको थियो।

न्याय परिषदले जेठ ३० गते प्रधानन्यायाधीशका लागि योग्यता पुगेका ६ जना न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाएको थियो। रोष्टरमा नाम सामेल भएकामध्ये न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठले अवकाश पाइसकेका छन्।

अब वरिष्ठतम न्यायाधीश पराजुली, न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर जबरा, जगदिश शर्मा पौडेलमध्येबाट प्रधानन्यायाधीश सिफरिस हुनेछ। प्रचलन अनुसार वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने परम्परा छ। परम्परा अनुसार सिफारिस भएमा न्यायाधीश पराजुली भावी प्रधानन्यायाधीशमा सिफारिस हुनेछन्। सिफारिस प्रधानन्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सकिएपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ।