देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दोश्रो चरणको निर्वाचन अन्तरगत उम्मेदवारमाथि दाबी विरोध आज

देशान्तर

काठमाडौं । दोश्रो चरणको चुनाव हुने ३५ जिल्लामा मनोनयन दर्ता गरेका उम्मेदवारमाथि सोमबार दाबी विरोध पेश गर्ने कार्यक्रम छ । दाबी विरोधका लागि बिहान ८ बजेदेखि १० बजेसम्मको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

मनोनयन दर्ता गराएका उम्मेदवारले मंगलबार बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने र मंगलबार नै ११ बजेदेखि साढे ११ बजेभित्र अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । मंगलबार नै उम्मेदवारलाई चुनाव चिन्ह वितरण गरिनेछ ।

आउँदो १४ गते हुने दोस्रो चरणको स्थानीय तह चुनावका लागि तीनवटा प्रदेशका ३ सय ३४ वटा स्थानीय तहमा आइतबार उत्साहजनक रुपमा उम्मेदवारी मनोनयन दर्ता भएको हो । दोस्रो चरणमा प्रदेश नं। १, ५ र ७ का एउटा महानगरपालिका, ७ वटा उपमहानगरपालिका, १ सय ११ वटा नगरपालिकाका र २ सय १५ वटा गाउँपालिकामा चुनाव हुँदैछ । यो चुनावबाट १५ हजार ३८ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

आइतबार मनोनयन दर्ता भएसँगै चुनावी प्रचार तीव्र भएको छ । गर्मी बढेपनि तराईका विभिन्न ठाउँमा चुनावी चहलपहल बढेको छ । चुनावको विरोधमा रहेका राजपा र नेकपा नेता कार्यकर्ताले समेत केही ठाउँमा स्वतन्त्र उम्मेदवारी दिएपछि चुनावको उत्साह झनै बढेको हो ।