नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बलबहादुर केसीमाथि नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताले हातपात गरेका छन् ।
उमेदवारी दर्ताका क्रममा आज गृहजिल्ला सोलुखुम्बुमा रहेका केसीमाथि एमाले र माओवादी केन्द्रका कार्यकर्ताले संयुक्त रुपमा आक्रमणको प्रयास गरेका हुन् ।
यसैगरी सोलुखुम्बुको नेचासल्यान गाँउपालिका, वडा ६ का टंकबहादुर कार्की उम्मेदवारी दर्ता गर्न जाँदै गर्दा अपहरणमा परेका छन । नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदबार कार्की तिङलाको वासिगाँउ भन्ने ठाँउबाट बेपत्ता भएका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले कांग्रेसको उम्मेदवारी रोक्न दुवै माओवादी र एमाले मिलेर अपहरण गरेको आरोप लगाए । अपहरणमा माओवादीका तर्फबाट गाउँपालिका अध्यक्षकै उम्मेदवार संलग्न रहेको केसीको दाबी छ ।
प्रतिक्रिया